लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१)…