प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आगामी फागुन ९ गतेसम्मको लागि स्थगित

प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आउँदो फागुन ९ गतेसम्मको लागि स्थगन भएको छ । सत्तापक्षका सांसद्ले अवरोध गरेपछि बैठक फागुन ९ गतेसम्मको लागि स्थगन भएको हो । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल गर्ने कार्यसूची थियो । आइतबार बैठक सुरु हुनसाथ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलगायतका सांसद् उठेर विरोध गरेका थिए ।…