उपल्लो मुस्ताङमा ब्यापक हिमपात: जनजिबन कष्टकर

हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो ।सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताउनुभयो । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी…