गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका…