बागमती सरकारलाई बजेटको चटारो : नेताहरुको दबाब थेग्नै मुश्किल, सर्वसाधारणलाई प्रबेश निषेध

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि असार १ गते प्रस्तुत गर्न लागेको बजेटको तयारी अन्तिम चरणमा पुगेको छ । हाल प्रदेशका १४ वटै मन्त्रालयहरू बजेट निर्माणको चटारोमा व्यस्त छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त बजेट सीमा (सिलिङ) को आधारमा हरेक मन्त्रालयले आफ्ना प्राथमिकता, आवश्यकताहरू, र उपलब्ध स्रोतका आधारमा…