पोखरा( गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले प्रदेश सरकारलाई पठाएको पत्र बमोजिम उक्त निर्णय लिइएको गण्डकी मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले जानकारी दिए। नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरिएको ती अधिकारीको भनाइ छ। मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्नका लागि पत्र…