परीक्षणबिनै झुलाघाट नाकाबाट एक हजार भित्रिए,सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानिय त्रसित

नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । यस्तै तीन भारतीय पनि भारत गएका उनले बताए । यसअघि शुक्रबार २८३ मजदुरलाई…