जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले बालेन नेतृत्वको नव गठित सरकारलाई जानकी नवमीको दिन राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् । शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरुले नेपाल सरकारलाई वैशाख १२ गत्ते राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् । रामायण कालिन इतिहास बोकेको जनकपुरधामको भूमिमा जन्मेकी माता सीतालाई राष्ट्रिय विभूतिको संज्ञा दिँदै देश भरी…