नेकपा एसले बुझायो कोशीका मुख्यमन्त्रीलाई ज्ञापन

इटहरी । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले जनजीविकाका विविध विषयहरू उठाउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज एक ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले नेतृत्व गरेको टोलीले तत्काल कार्यान्वयन गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान खोज्नुपर्ने मुद्दाहरू समेटेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार सक्षम…