मलंगवा – नेपाल–भारत सीमामा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० नेपाली भूमिमा प्रवेश गरी स्थानीय नागरिकहरूमाथि कुटपिट गर्न थालेका छन्। पछिल्ला दुई हप्ताभित्र मात्र सर्लाहीमा दुई जना नेपाली एसएसबीको आक्रमणबाट गम्भीर घाइते भएका छन्। सर्लाहीको बलरा नगरपालिकामा बिहीबार साँझ भारतको बसबिट्टा बजारबाट घर फर्किरहेका गोलु रायमाथि एसएसबीका जवानहरूले लाठी प्रहार गरेपछि उनी मोटरसाइकलसहित लडेका थिए। घटनामा…