पर्यटकीयस्थल घोडेपानीमा हिमपात,हिउँदे बालीलाई राहत

म्याग्दी ।। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ। समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो। घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलोपटक हिउँ परेको बताए। ुदिउँसो करिब एक घण्टा हिउँ परेको थियो,…