सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्। सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत पुगेको विश्वासको मतसम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए। शाहले सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान…