जाजरकोटमा पहिरो : वडा सदस्य दम्पती पुरिए,अवस्था अझै अज्ञात

सुर्खेत। पहिरो खस्दा जाजरकोटमा एक वडा सदस्य दम्पती नै बेपत्ता भएको पाइएको छ । जाजरकोट प्रहरीका अनुसार बारेकोट गाउँपालिका–६, धुमामा भन्ने ठाउँमा उक्त वडाका वडा सदस्य ३८ वर्षीय प्रेमकुमारी चलाउने र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन् । राति घरमाथिबाट आएको पहिरोले चलाउनेको घर पूर्ण रूपमा पुरेको हो । पहिरोले पुरिएकी उनकी ११…