गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

२८ जेठ, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले आज ६० सदस्यीय प्रदेश सभामा बहुमत, ३१ सांसदको समर्थन पाएका हुन् । पाण्डेका पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे। एमालेको नाराबाजी र विरोधबीच उनले बहुमत पाएका हुन् । नेपाल समाजवादी पार्टीका…