इलामको माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई निर्वाचित

गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै इलामको माङसेबुङ गाउँपालिकामा नेकपा एमालेले जितेको छ । गाउँपालिका अध्यक्षमा हेमन्त राई निर्वाचित भएका हुन् ।राई ३ हजार ८१८ मतसहित विजयी हुँदा गठबन्धनका उम्मेदवार डिकेन्द्र इदिङ्गोले ३ हजार ३९५ मत पाए । पराजित डिकेन्द्र निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । यसअघिको चुनावमा पनि राई हेमन्त र डिकेन्द्रबीच प्रतिस्पर्धा भएको थियो । उपाध्यक्षमा…