माइक्रोको ठक्करबाट निवर्तमान गाउँपालिका अध्यक्ष गम्भीर घाइते

खोटाङको जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य शंखरबहादुर राई सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो इटहरीबाट बाइक चढेर विराटनगर जानेक्रममा हलगडाचोकमा पछाडिबाट आएको होटलको माइक्रो भ्यानले ठक्कर दिँदा निवर्तमान गाउँपालिका अध्यक्ष राई गम्भीर घाइते भएका हुन् । बाइकको पछाडि बसेको अवस्थामा माइक्रोको ठक्करबाट उछिट्टिएका राईको टाउकोको देब्रे साइडमा…