विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा अग्रता बढाउँदै लगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बेलुकासम्म गणना गरिएको ४८ हजार २०१ मतमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १५ हजार ४३० मतका साथ अग्रता लिएका छन् । उनले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापासँग ३ हजार ९ सय ३७ मतको अग्रता लिएका हुन् ।…