कांग्रेस प्रदेश १ मा घिमिरेले लिए अग्रता

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन् । दुई सय मत गन्दा अहिलेसम्म घिमिरेले अग्रता लिएका हुन् । उनले १०८ मत प्राप्त गरेका छन् । अर्का प्रतिद्वन्द्वी उद्धव थापाले ८३ मत प्राप्त गरेका छन् । घिमिरे संस्थापनइतर पक्षका हुन् भने थापा संस्थापन पक्षका हुन् ।