सल्लेरीका ९० परिवारलाई खानेपानीकै चिन्ताः भन्छन्- हिउँद त नआए पनि हुन्थ्यो

फाकफोकथुम गाउँपालिका-३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ। ‘भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन। पानीको जोहोमै बित्छ बिहान’, उनले भने, ‘जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो। बिहान अरू काम गर्न भ्याइँदैन। सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ।’ सल्लेरी गाउँमा ९० परिवारको…