औद्योगिकीकरणतर्फ फड्को मार्दै इलाम : चिया उद्योगमात्रै दुई सयभन्दा बढी, बर्सेनि चार अर्बको अलैँची निर्यात

इलाम । चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ। जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरु निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो। नेपालकै पुरानो उद्योगसमेत इलाममा नै रहेको छ। १९२० सालमा स्थापना भएको इलाम चिया कारखाना सदरमुकाममा रहेको छ। कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि भएसँगै तिनको प्रशोधन गर्ने उद्योगको सङ्ख्यामा वृद्धि भएको…