जनकपुरधाम, ३० साउन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शन गरेको छ । सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिराहाको गोलबजार सडक खण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार…