नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने उहाँले बताउनुभयो । हिजो मङ्गलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि आज बिहान…