जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदै छ । त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मकरुप धारण गरेका बालबालिकाले पनि धनुष भाँच्ने अर्थात् धनुषयज्ञ कार्यक्रम गरेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिनुभयो । रामायणमा वर्णन गरिएअनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए…