प्रदेश २ : जसपाका ११ प्रदेशसभा सदस्यद्वारा लोसपाको पक्षमा सनाखत

प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी नेपालमा रहेका ११ जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गर्नुभएको छ । उहाँहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय, जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गर्नुभएको हो । लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण…