रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका १० उद्यमीले जनही रु एक.एक लाख नगदसहितको उद्यमशीलता तथा नवप्रवर्तन कोष अवार्ड प्राप्त गरेका छन् ।नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को साझेदारीमा सञ्चालित कोभिड–१९ उद्धार र सामाजिक–आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत उद्यमीले सो अवार्ड प्राप्त गरेका हुन् । कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणका लागि तिलोत्तमा नपामा कोभिड–१९ उद्धार र…