कर्णाली करिडोर अन्र्तगतको कणाली नदीको नरहरिनाथ-८ कालीकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो ।निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा आएको हो । २०६६ सालमा हाल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ सालमा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले…