बिरामी आफैं जेनेरेटर बोकेर जानुपर्छ डोल्पा जिल्ला अस्पतालमा

डोल्पा वैशाख, १६– उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच…