धनगढी( सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएको छ। माओवादी केन्द्रको आइतबार बसेको प्रदेश संसदीय दलको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय भएको बताइएको छ। नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको…