हाते ट्रयाक्टरले गोरु विस्थापित

२८ कात्तिक २०७९, बझाङ– खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ। उनले हलो नसमात्ने अडान नै लिएका छन्। गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्रयाक्टर जोतेर घर फर्कनु आनन्द भएको उनले बताए। ‘कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्रयाक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन’, उनले भने, ‘गोरु जोतेरै बूढो भइसके।…