कोरोना सङ्क्रमण तिब्र हुँदै जादा धनगढीमा ठुलो क्षमताको आइसोलेसन सेन्टर बनाउन थालिएको छ । जिल्लाको गेटा मेडिकल कलेजमा २ हजार बेड क्षमताको आइसोलेसन निर्माण कार्य सुरू भएको हो । संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना फोकल पर्सन तोकेर पठाएका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले उक्त काम थालेका हुन् ।…