दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पालाई नियुक्त गरेकी छिन्। राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारीसमा शेर्पालाई बिहीबार राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। ुबिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री दावा फुटी शेर्पालाई…