काठमाडौं, २९ चैत । देशका विभिन्न स्थानबाट सातजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट अवैध लागूऔषध गाँजा ३ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने काभ्रे घर भएका १७ वर्षीय किशोरसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । झापाको कनकाई नगरपालिका(२…