जनकपुरका वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा

चैत्र ९ जनकपुर : जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षसहित वडा सचिव घुसका रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले जनकपुरधाम-११ का वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले वडाध्यक्ष चौधरी र वडासचिव रायलाई जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट ५० हजार रुपैयाँ घुस…