रामेछापमा महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातापर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घटनापछि गम्भीर अवस्थामा रहेकी एलिसालाई आज बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको र अहिले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय…