काठमाडौं । मानव अंग मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्युरोले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । भारतको नयाँ दिल्लीमा बसेर सो गैरकानूनी कार्यमा नायिकेको भुमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रुपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट…