लागुऔषध कारोबार रोक्न भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं,२५ चैत नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठकमा लागुऔषधको कारोबार रोक्नका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भारतको उत्तर प्रदेशस्थित लखिमपुर (खिरी) जिल्लाको पलियामा शनिबार बसेको बैठकमा सीमा क्षेत्रबाट हुनेगरेको लागुऔषधको कारोबार रोकथाममा भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। खुला…