अब ठमेल २४ सैँ घण्टा खुला, नियम नयाँ वर्षदेखि लागू

काठमाडौं– संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्षदेखि २४ सैँ घण्टा खुला रहने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै शहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४ सैँ घण्टा व्यवसाय सञ्चालन…