एनआरटी दोस्रो पटक बन्यो बुढासुब्बा गोल्डकपको च्याम्पियन

विराटनगर । सुनसरीको धरानमा सम्पन्न २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ । एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यसअघि उसले १०औ संस्करणको उपाधि जितेको थियो । धरान रंगशालामा आज भएको प्रतियोगिताको फाइनल खेलमा मोरङ फुटबल संघलाई २–१ गोलले पराजित गर्दै एनआरटी च्याम्पियन…