जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय झन्डा किन झुकाइयो ?–नरेश कुमार जोशी

काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा जर्सीका कारण विवादमा तानिएको छ । अगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपको लागि नेपाली टोली अभ्यासमा अभ्यस्त भइरहेको बेला बुधबार क्यानले एक समारोहबिच खेलाडीका लागि आधिकारिक जर्सी सार्वजनिक गरेको थियो । र सम्मेलनको आयोजना गर्दै बुधबार युवा तथा खेलकुदमन्त्री…