काठमाडौँ, २ चैत । अत्यन्तै रोमाञ्चक खेलमा नेपालले डक वर्थ लुइस प्रणाली (डीएल) को आधारमा यूएईलाई ९ रनले पराजित गरेको छ। ४४ ओभरको खेलको समाप्तिपछि खराब प्रकाशका कारण खेल सञ्चालन गर्न नसक्ने भएपछि अम्पायरद्वयले खेल सकिएको घोषणा गरेका थिए। खेल रोकिएको बेला नेपाललाई ३६ बलमा ४२ रनको आवश्यकता थियो।त्यतिबेला नेपाल ६ विकेटको क्षतिमा २६९ रन…