काठमाडौँ - १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेटमा बिहीबार नेपालले भुटानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको हो ।नेपालले दिएको २३७ रनको लक्ष्य पच्छ्याएको भुटानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सकेको हो…