मुगु । मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको छ । सुईना कर्णाल मुगु, खत्याड गाउँपालिका– ३ को संयुक्त आयोजनामा र खत्याड गाउँपालिकाको आर्थिक सहयोगमा बुधबारदेखि खत्याड गाउँपालिकाको कालिका माध्यामिक विद्यालय बुगामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल…