काठमाडौँ- काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा सुरु भएको छ । बेलुका ६ बजेदेखि उपत्यकाका तीनै जिल्लामा हावाहुरी, वर्षासहित चट्याङ परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण पूर्वी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभावका कारण पानी परेको हो । यो चक्रवात ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको र शुक्रबारबाट ओडीसा…