मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम चौधरीको शपथमा भीम रावलको असन्तुष्टिः ‘म नेकपाको सुदुरपश्चिम इन्चार्ज, मै कसरी बेखबर ?’



काठमाडौं पुस, २०–
रेशम चौधरीको शपथको बिषयलाई लिएर सत्तमरुढ दल नेकपा भित्रका नेताहरुबीच मतभेद बढेको छ । नेपाल कम्युनिष्ट पार्टीको सुदूर पश्चिम इन्चार्ज भीम रावलले चौधरीको शपथप्रति असन्तुष्टि जनाएका हुन् । उनले आफू नेकपाको सुदुरपश्चिमको इन्चार्ज भए पनि कैलाली घटनाका अभियुक्त रेशम चौधरीलाई शपथ खुवाएर के गर्न खोजिएको हो भन्नेबारे केही नबुझेको बताए ।
उनले भने, ‘‘म सुदूर पश्चिमबाट प्रतिनिधित्व गर्ने नेता र सो क्षेत्रको इन्चार्ज समेत भएकाले मलाई त्यसबारेमा जानकारी हुनुपर्ने तर केही नै जानकारी भएन । सचिवालयका सदस्यहरुलाई पनि सोधें । उहाँहरुसँगपनि यसबारेमा कुरा भएको रहेनछ । त्यसैले किन यस्तो गरियो भनेर अचम्म लागेको छ ।’

रावलले यसअघि चौधरी जघन्य अपराधमा संलग्न रहेकाले उनलाई शपथ खुवाउन नहुने धारणा सार्वजनिक गर्दै आएका थिए । रावलले पछिल्लो घटनाक्रम स्मरण गर्दै भने,‘‘हालैको पार्टीको स्थायी कमिटीको बैठकमा महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गरेर मात्रै गर्नुपर्ने कुरामा सहमति भएको थियो । तर अहिले अचानक यस्तो निर्णय गरिएकोमा अचम्म्ममा परेको छु । मैले यसबारेमा कुरै बुझेको छैन ।’’

चौधरीको शपथलाई लिएर सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना गर्ने क्रम बिहीबारदेखि नै छ । बिहीबार अचानक डिल्लीबजारस्थित सदरखोर कारागारबाट प्रहरीको भ्यानमा सिंहदरबार लगिएका चौधरीलाई सांसदको शपथ ग्रहण गराएपछि फेरि सदरखोर जेलमै लगिएको छ । बिहीबार संघीय संसद सचिवालयमा सभामुख कृष्णबहादुर महराले उनलाई शपथ गराएका थिए ।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ५ : ५० बजे