मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले लुकाउन खोजे पनि वाइडबडी काण्डको भ्रष्टचार बाहिर ल्याएरै छोड्छौ : कांग्रेस बरीष्ट नेता रामचन्द्र पौडेल



तनहुँ पुस, २०–
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वाइडबडी काण्डमा आफै फस्ने भएपछि सरकार लुकाउनतिर लागेको आरोप लगाएका छन् । शुक्रबार तनहुँको दुलेगौडामा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले संसदीय समितिको प्रतिवेदन अस्वीकार गर्दै उच्चस्तरीय छानविन समिति बनाउनु भ्रष्टचार लुकाउनकै लागि भएको ठोकुवा गरे ।

सरकारले लुकाउन खोजे पनि वाइडबडी काण्डमा भएको भ्रष्टचार कांग्रेसले बाहिर ल्याएरै छोड्ने र भ्रष्टाचारमा सम्लग्न लाई कार्बाही गराएरै छोड्ने नेता पौडेलले बताए ।

थोरै भय पनि नैतिकता बाचेको भय भ्रष्टाचारको आरोप लागेका बहालवाला मन्त्रीले राजिनामा दिनुपर्ने समेत नेता पौडेले ब ताए ।

संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न खोजेर गम्भिर गल्ती गरेको नेता पौडेलको तर्क छ ।

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले संसदीय सर्वोच्चता मिचेको मात्रै होइन । लेखा समिति अन्तरगतको उपसमितिको अपमान पनि गर्नुभएको छ ।’
राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर, ठूलाठूला काण्डमा सँगै हुनु दुर्भाग्य भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ६ : ४३ बजे