वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कार्यकक्षमै पुगेर कालोमोसो दलियो



नागार्जुन पुस,२०–
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । शुक्रबार मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलिएको छ ।

हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।

प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार  १२ : ३८ बजे