मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशै भर मकर सक्रान्ती पर्ब मनाइदै , बिभिन्न धामहरुमा भक्तजनहरुको घुइचो



माघ १,काठ्माण्डौ-

आज देशै भर माघे सक्रान्ती पर्ब खुशी र उल्लासका साथ मनाइदै छ ।यस सक्रान्तिलाई मकर सक्रान्ती पनि भन्ने गरिएको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सक्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक हुने धार्मिक मान्यता रहेको छ ।

मकर सक्रान्तिका अबसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

तेस्तै नेपाल र भारतका सबै नदी किनारमा अवस्थित पबित्र धामहरुमा स्नान गरेर पुन्य आर्जन गर्ने हरुको भिड लागेको छ ।

नेपालको पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल नेपालका चारधाम मध्येकोे एक प्रसिद्द रुरु क्षेत्रमा मकर सक्रान्ती को अबसरमा बिशेश मेला लाग्ने गर्दछ । ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मगंलवार कालीगण्डकी नदीमा स्नान गर्न र यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पुजाआजा गर्नका लागि मानिसहरुको यस क्षेत्रमा विहानैदेखि घुइँचो लागेको हो। रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा नुहाउने र ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्य लाभ हुने जनविश्वासका साथै मेलाको रमाइलो हेर्न भिड लागेको हो।

मकर सक्रान्तिलाई नेपालामा थारु समुदायले बिशेश रुपमा माघी पर्बका रुपमा मनाउने गरेको छ ।माघी थारु समुदायको प्रमुख चाडको रुपमा मनाउने गरिन्छ ।दाङ्, बाके,बार्दिया लगायतका जिल्लाहरुमा माघिको बिशेश रौनक देख्न सकिन्छ भने काठ्मण्डौमा रहेका थारु समुदायले काठ्माण्डौको खुलामञ्चमा जम्मा भएर आफ्नो परम्परा अनुसार नाच गान र रमाइलो गरेर माघी मनाउने गरेका छन्

बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारू समुदायमा छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।

 बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजीकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ ।

 

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  ६ : ४२ बजे