मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामबहादुर बमजनविरुद्ध उजुरीका चाङ्ग, छोरी बेपत्ता भएको भन्दै आमद्वारा उजुरी



काठमाडौं माघ, २–
धर्मगुरु भनिएका रामबहादुर बमजनविरुद्ध प्रहरीमा फेरि अर्को उजुरी परेको छ । तपश्वीको भेषमा अनुयायीको हत्या र बेपत्ता पारेको आरोप लागेका बमजनविरुद्ध यो पाँचौं जाहेरी हो ।
सर्लाहीको बागमती–१२ की २९ वर्षीया रिता बोट (माझी) बेपत्ता भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आश्रमबाट बेपत्ता भएको भन्दै आमा सुम्नीले जाहेरी दिएको बताएको छ ।
जाहेरीमा ०६६ सालमा गढीमाइ मेलामा गएदेखि बेपत्ता भएको उल्लेख छ । ‘त्यसभन्दा अघि बाराको हलखोरियास्थित बमजन आश्रममा उनी बसेके परिवारले जनाएको छ । जाहेरीमा उल्लेख भए अनुसार बम्जनले बली रोक्छु भनेर फरार हुँदाका बखत रिता बमजनसँगै थिइन् । जिल्ला प्रहरी कार्यालयले रीताको खोजविन सुरु भैसकेको जनाएको छ । बमजनको आश्रमबाट वेपत्ता भएको भन्दै यसअघि दुई जना आनी र दुई अनुयायी बाराका सुरेस आलेमगर र मकवानपुरका सञ्चलाल वाइबा वेपत्ता भएको भन्दै उजुरी परेको थियो ।

अनुयायी सञ्चलाल बाइबाको हत्या भएको भन्दै प्रहरीले सिन्धुपाल्चोकस्थित बमजन आश्रममा छापा मारेको थियो । त्यहाँ केही शंकास्पद सबुदहरु फेला परेको प्रहरी दाबी छ । यतिवेला प्रहरीले बमजन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ९ : ५५ बजे