मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछाने र निकिता पौडेल बाँधिए विवाह बन्धनमा



माघ ७, काठ्माण्डौ-

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह बन्धनमा बाँधिएका छन् । विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका निकिता र रविले सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् ।

रविले सामाजिक सञ्जाल फेसबुकमा विवाह गरेको जानकारी दिएका छन् । निकिताले  पनि सामाजिक सञ्जाल मार्फत नै विवाह गरेकाे सार्वजनिक गरेका छन्।

रविले दुवैलाई एक-अर्काको निकै खाँचो परेकाले विवाह गरेकाे बताएका छन् । उनले लेखेका छन्, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो पर्‍यो । हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’

उनले एक–अर्काको परिवार, आफन्त र नातागोताको छलफल एवं अनुमतिमा काठमाडौं जिल्ला अदालतमा बिहे दर्ता गरेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रूपमा काठमाडौँ जिल्ला अदालतमा बिवाहा दर्ता गरेका छौँ।’

उनले परम्परागत रूपमा आउँदो वैशाखमा विवाह गर्ने बताएका छन् । रविले लेखेका छन्, ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, व्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईँको सोचाइ नमिल्न सक्छ। हामी दुबै जना यो निर्णयबाट एकदमै खुसी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।’

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  ४ : १४ बजे