मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अख्तियारले थाल्यो प्रदेश ५ को गाडी खरिद प्रकरणमा अनुसन्धान



काठमाडौं माघ, १५–
प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ । सार्वजनिक लेखा समितिको उपसमितिमार्फत छानबिन गरिरहेको बेला अख्तियारले छानबिन खरिद भएको अनियमितताबारे छानबिन थालेको हो ।

प्रदेशसभाले खरिद गरेको टाटा स्ट्रोमा ११ र अन्य कम्पनीका १३ वटा गाडी खरिद भएको भनिएको अनियमितताबारे अख्यितारले छानबिन थालेको छ । टाटाको गाडी खरिदमा मन्त्रालय र प्रदेशसभाकै बीचमा ठुलो रकम अन्तर देखिएको छ । बजार मूल्यभन्दा महँगो भएको तथा खरिद प्रक्रियामा कमजोर भएको भनिएपछि अख्यिारले छानबिन सुरु गरेको जनाएको छ । यो समाचार नागरिक पत्रिकाबाट लिएको हो ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  २ : ५६ बजे